प्रयास :- केही आसको, केही साहस को त केही विश्वासको !!
एक साँझ दिनको, सोच र सुरुवात लेखनको !! मिति २०७७ / ११ / १५ गते लेखन सुरूवात समय : साँझ ८ : १० बजे सवारीका ट्याँ ट्याँ ढ्याँ ढ्याँ टि टि टिट आवाज र मज्जाले घन्किएका स्पिकरका धुन र सुरसगैँ आफ्नै सुरमा व्यस्त देखिन्थे चिप्लेढुङ्गा शहरमा मानिसहरू शहरको रगँसगैँ । अचानक कालो आकाशको गड्यांग गुडुंग र पट् ट् ट सिमसिमे पानीका थोपाले भने त्यो रगंमा केही खलबलाई दिएको आभास हुन पुग्यो। त्यसैले होला मानिसहरु हतारिदै आफ्नो गन्तव्यमा लाग्ने तरखरमा थिए। अघि स्पिकरको धुनमा तालमा ताल मिल...