प्रयास :- केही आसको, केही साहस को त केही विश्वासको !!

एक साँझ दिनको, सोच र सुरुवात लेखनको !!

   मिति २०७७/११/१५ गते                                                                                                                                    लेखन सुरूवात समय : साँझ ८: १० बजे            

सवारीका ट्याँ ट्याँ ढ्याँ ढ्याँ टि टि टिट आवाज र मज्जाले घन्किएका स्पिकरका धुन र सुरसगैँ आफ्नै सुरमा व्यस्त देखिन्थे चिप्लेढुङ्गा शहरमा मानिसहरू शहरको रगँसगैँ । अचानक कालो आकाशको गड्यांग गुडुंग र पट् ट् ट सिमसिमे पानीका थोपाले भने त्यो रगंमा केही खलबलाई दिएको आभास हुन पुग्यो। त्यसैले होला मानिसहरु हतारिदै आफ्नो गन्तव्यमा लाग्ने तरखरमा थिए। अघि स्पिकरको धुनमा तालमा ताल मिलाएर गीत गाइरहेका दृष्टि बिहिन समुहहरू पनि मिलेर आफ्नो साथीको हात र काँध समात्दै लस्करै जादै थिए। त्यस्तै,अघि क्यारेट र डोकोमा फलफूल बेच्न बसेका दिदीहरू पनि वर्षात छल्न नयाँ सेलवेज बिल्डिङ्गको साईडमा ओत लाग्दै हुनुहुन्थ्यो ।

मलाई भने अहिले नै घर फर्किनै मन लागेन किनकी झल्यास्स मेरो दिमाग र आँखामा इस्टेशनको त्यो पिरो चटनी, फ्राई आलु र ससेज झल्को आईरह्यो।त्यसैले म आफ्नो पेट पुजा गर्न गैर पाटनको इस्टेशनतिर लागे। त्यहाँ पुगेर अगाडी देब्रे साईडको कुनाको सोफामा गएर बसे। ईस्टेशनको हसिँलो भाइसगँ फ्राई आलु र दुईटा चिकेन ससेज अर्डर गरे अनि जकेटको गोजिबाट मोबाईल झिकेर ईन्स्ट्रा के स्कोर्ल गर्दै थिए, त्यत्तिकैमा खुट्टामा केही सलबलाएको भान भयो। यस्सो भुईमा हेरेको त टेबलमुनि एउटा मुसा मेरो जुत्तानिरै देखेर झस्किएर खुट्टामाथि उचाले। बिचार ! पानी परेर होलाकि त्यो मुसा भने अलिअलि रूझेको र यताउता दुगुर्दै थियो। ओहो! बाँच्नका लागि यहाँ कुन जिबलाई सजिलो छ र ? अहँ छैन सजिलो कसैलाई, दुई मुठ्ठी सास हुन्जेल संघर्ष चलिरहन्छ (मनमनै सोचे )। त्यहाँ बस्न मन लागेन र अर्को दाईने साईडको खाली सोफामा सरे । सेतो दुईटा पेलेटमा रातो पिरो चटनि,चिकेनससेज र फ्राई आलु रियलमा मेरो आँखामा आईपुग्यो। एकछिन त्यस्कै स्वादमा मस्त मगन भए म ।बाहिर भने पानी दर्किन थालेछ मोबाईलमा टाईम हेरेको त सात पैतालिस भैसकेछ । बिदो होला भन्यो अहँ भएन झन् बत्ती पो गयो । छाता नि बोकिएन , विदो हुने छाँटकाँट नि देखिएन। ल ! ठिकै छ नरुझेकोनि धेरै भयो ह्या जान्छु रुझ्दै सोचेर बिल तिरि पानीमा रुझ्दै हिँड्न थाले। पानीका प्रत्येक थोपाका कणहरूको छुवाईले भने मेरा अतित र वर्तमानलाई घोतलि रहेको थियो भने भविष्यप्रति अन्योलताका साथ केही सपनाहरू पनि कोरी रहेको थियो केही आसको, केही साहस को त केही विश्वासको। हो ,त्यही पानी पर्दा सानोछँदा घरको टिनको छानाबाट झरेका छहारामा टाउको थाप्दै कोल्ले धेरैबेर सम्म टाउको थाप्न सक्छ भन्दै बच्चाबेलाको साथीहरूसगँ कम्पिटिसन गरेको, त्यही बगेको पानीको चिसो पिढीँमा चिप्लेटी खेलेको,स्कुल पढ्दा रूझ्दै पानीमा जुत्ता गाढ्दै हिडेँको आदि पानीसँग जोडिएका तिता मिठा थुप्रै अतितका सम्झनाहरू वरिपरि घुमिए ।

स्यामसङघ गल्लीको बाटोमा एउटा केटी छाता ओर्दै  बेस्सरी " एक दिन रुझेर तँ के मर्छस र ! " भन्दै फोनमा कराउँदै थिई । यहीँ सुनेर छेउको बिल्डिंगमा पानीपुरी खाईरहेका केटीहरू गलल्ल हाँसे । उसले ठिकै भन्दै थिई एक दिन रूझेर हामी के मर्छौ र ? या भनौ एक दिन हार्दैमा हामी सधैँ हार्छौ र ? या एक दिनको निराशाले हामी सधैँ निराश हुन्छौ र ? या केही समयको आँधी बेहोरी हाम्रो जीवनमा सधैँ भईरहन्छ र ? कोरोनाको यस समयले धेरै व्यक्तिहरूका जीवनमा असर गरेको छ। कति धेरै मानिसहरू मानसिक, आर्थिक, सामाजिक आदि थुप्रै समस्याहरूबाट ग्रस्त भई रहेका छन भने कतिपयले कोरोनालाई जित्ने सघंर्षमा हस्पिटलका बेडहरूमा सघंर्षित छन । हाम्रो देशमा भने मान्छेहरूले त कोरोनालाई पचाउन थालेको भान हुन्छ किन कि पेटको सबाल जो छ। आफुलाई भनेअपुर्चुयुनिजका थुप्रै बाटाहरूमा हात हाल्दा नि फेल नै हुन परेछ। अझै पनि नातावाद, संस्थाबाद, क्रिपाबाद, पार्टीबाद या अरु के के वादसगँ झुल्नुपर्ने हो या आफैले झेल्नुपर्ने समाजको परिस्थिति खडा गर्दैछौ हामी । म जस्ता धेरै युवाहरू राजनितिक अस्थिरताले विदेशिन र थुप्रै टाउके राजाहरूको ईशारामा ट्वावाल्ल नाटक हेरेर बस्न बाध्य छन । या भनौ म नै भोलीवादी प्रबृत्तिले ग्रस्त छु या म अझै अरूमा भर पर्दैछु ।

हिँड्दाहिँड्दै घर छिर्ने गल्ली पनि आईपुगेछ । धेरै सोचियो , धेरै सुनियो ,धेरै पढियो घोकन्ते विधा , अब प्रयाक्टिकल आजमाउनुपर्छ । परिवर्तनको सुरुवात आँफैबाट हुन्छ।आजबाट मेरो स्वतन्त्र लेखन सुरू भयो। म आजै लेख्छु । म अहिले लेख्छु। सोच्दासोच्दै घर आएको पनि पत्तै भएन कपडा सब्बै रुजेछ । घरमा ममि आफ्नो कोठामा दराजमा कपडा मिलाउदै हुनुहुन्थ्यो । मलाई देख्ने बित्तिकै प्रश्नहरू तेर्साई हाल्नु भो, कता गको? किन ढिलो आको ? किन रुझ्दै आको? म उत्तर दिइ सुरुसुरु आफ्नो रुममा गएर कपडा फेरि टाईप गर्न सुरु गरे ।

समाप्त समय १२.३६  

 

Comments

Popular Posts