कनेक्सनको मानवशास्त्र
सुरुवाती दिनको खुट्टाको जुत्तादेखि लिएर सुत्दाको बेडसम्म कनेक्कसनको मानवशास्त्र !! कनेक्सन शब्द हाम्रो समाजमा अहिले बडो प्यारो शब्द बनेको छ। यति बडो प्यारो कनेक्सन शब्दले वस्तु , समय , सन्दर्भ , स्थान , परिस्थिति , परिवेश र भाव अनुसार अर्थ र स्वाद बेग्लाबेग्लै , आफ्नै किसिमले दिने गर्दछ। तर यसको मुख्य बुझाई भने दुईटा भेराईबलहरूमा हुने घनिष्ट सम्बन्ध जोड्ने चुरो र यि दुईबिच अन्तरका कुरो हो भन्न सकिन्छ। मलाई लाग्छ विहानी सुरुवाती दिनबाटै हिँड्ने खुट्टाको जुत्तादेखि लिएर राती सुत्दाको बेडसम्म कनेक्सनको आफ्नै अजबको मानवशास्त्र रहेको छ। त्यसै कनेक्सनहरु मध्ये कनेक्सन जुत्तासगँ – बिहानीको खाना खाएर हामी जब आफ्नो कामको लागि हिँड्छौं , तब खुट्टामा जुत्ता या चप्पल लगाउनु पर्ने हुन्छ। भनौँ दिनको सुरूवात नै खुट्टामा लगाईने जुत्ता या चप्पलबाट शुरू हुन्छ। म भने जुत्ता लगाउन मनपर्ने मान्छे , त्यसैले आज म त्यो जुत्ताको कुरा गर्छु। मलाई विशेष गरेर फिल्डवर्कका कार्यहरूमा डाटा संकलन गर्दा खुट्टाको जुत्ता र रिसर्च एरियाको वातावरणले विशेष भूमिका खेलेको जस्तो लाग्छ। किनकि जुन दिन मैले लगाएको मेरो खु...