कनेक्सनको मानवशास्त्र

सुरुवाती दिनको खुट्टाको जुत्तादेखि लिएर सुत्दाको बेडसम्म कनेक्कसनको मानवशास्त्र !! 

कनेक्सन शब्द हाम्रो समाजमा अहिले बडो प्यारो शब्द बनेको छ। यति बडो प्यारो कनेक्सन शब्दले वस्तु, समय, सन्दर्भ, स्थान, परिस्थिति, परिवेश र भाव अनुसार अर्थ र स्वाद बेग्लाबेग्लै, आफ्नै किसिमले दिने गर्दछ। तर यसको मुख्य बुझाई भने दुईटा भेराईबलहरूमा हुने घनिष्ट सम्बन्ध जोड्ने चुरो र यि दुईबिच अन्तरका कुरो हो भन्न सकिन्छ। मलाई लाग्छ विहानी सुरुवाती दिनबाटै हिँड्ने खुट्टाको जुत्तादेखि लिएर राती सुत्दाको बेडसम्म कनेक्सनको आफ्नै अजबको मानवशास्त्र रहेको छ। त्यसै कनेक्सनहरु मध्ये

कनेक्सन जुत्तासगँ – बिहानीको खाना खाएर हामी जब आफ्नो कामको लागि हिँड्छौं, तब खुट्टामा जुत्ता या चप्पल लगाउनु पर्ने हुन्छ। भनौँ दिनको सुरूवात नै खुट्टामा लगाईने जुत्ता या चप्पलबाट शुरू हुन्छ। म भने जुत्ता लगाउन मनपर्ने मान्छे, त्यसैले आज म त्यो जुत्ताको कुरा गर्छु। मलाई विशेष गरेर फिल्डवर्कका कार्यहरूमा डाटा संकलन गर्दा खुट्टाको जुत्ता र रिसर्च एरियाको वातावरणले विशेष भूमिका खेलेको जस्तो लाग्छ। किनकि जुन दिन मैले लगाएको मेरो खुट्टाको साइज र बानी अनुसारको जुत्ताको कनेक्सन मिल्छ, त्यो दिन म आनन्दले कम्फरटेबल भएर हिँड्न सक्छु र शारीरिक रूपमा आफ्ना तोकिएका कामहरू पुरा गर्न सकेको महसुस गर्छु। झन् सामाजिक सांस्कृतिक कार्यक्रममा सारिकहुदाँ, यो जुत्ताको कनेक्सन ड्रेससगँ म्याच गरेन भने खल्लो हुन्छ भन्छन्। त्यसैले होला, सारी लगाउँदा आफ्नो वा नभए आमाकै भए पनि स्याण्डल/हिल लगाउनुपर्ने हुन्छ। चाहे त्यसले दोष नै किन, किनकी ति मेरा मनपर्दा कनभर्सहरू मेरो गेटअपमा म्याचिंग हुँदैन, एक अर्थमा भने कनेक्सनमा गढबढी हुन्छ किनकि यी दुई भेराईबलमा कनेक्सन मिलेको हुँदैन।

त्यस्तै जुत्ताका आधारमा मानिसको स्तर निर्धारण गर्ने हाम्रो समाजको चलन पनि बेग्लै छ। व्यक्तिपिच्छे जुत्ता रोज्ने, किन्ने र पहिरिने आ–आफ्नै किसिमको रोजाइ हुन्छ। कस्तो खालको जुत्ता किन्ने, कुन ब्राण्डको जुत्ता किन्ने, कुन परिवेश/कार्यक्रम अनुसार कस्तो ड्रेस सुहाउँदो जुत्ता लगाउने भन्ने प्रायः कुराले पिरोल्ने गर्छ। किन भने यहाँ जुत्ता अनुसारको हैसियत, पर्सनालिटी जजमेन्ट गर्नुका साथै जेन्डर्ड कन्स्ट्रक्टेड मेन्टल म्यापिङ्ग पनि गर्ने गरिन्छ। उदाहरणको लागि, पुरुषले महिलाको स्याण्डल/हिल लगाउन नहुने रे, वा लगाई हाले पनि अनेकौं नामले होच्याउने र गिजाउने गरिन्छ। त्यस्तै, कुनै प्रोग्राम जाँदा स्ट्यान्डर्ड मेन्टेन गर्न भए पनि चट्ट टाईसुटमा पोलिश गरिएका चिल्ला जुत्ताहरु लगाउन पर्ने रे। यस्ता अनेकौं दृष्टिकोण व्यक्ति र समाजको मानसपटेलमा अझै जीवित छन्।

यसैगरी हाँस्यवङ्ग्यात्मक शैलीमा निर्माण गरिएको मह सञ्चारको टेलिशृखंला 'दशैं' मा पनि जुत्ता र जुत्ताको मानवशास्त्रीय सामाजिक साङ्केतिक दृष्टिकोण झल्काउने रोचक उदाहरण पाइन्छ। जहाँ वरिष्ठ कलाकार हरिवंश आचार्यले कुशलतापूर्वक एक निम्न वर्गीय सामान्य कर्मचारी “भैरे” को भूमिका निभाएका थिए। उक्त टेलिशृखंलामा भैरेलाई दशैंको माहोलमा आफ्नो आर्थिक अवस्था र च्यातिएको जुत्ताका कारण समाजमा हेपिन पर्ने डर र परिकल्पनाले सताइरहन्छ। च्यातिएकै जुत्ता लगाएकै कारण ससुराली टिका लगाउन जाँदा ससुरालीमा हेपिनु पर्ने परिकल्पनाले परेको मानसिक चिन्ता तथा कपडा पसलेले जुत्ता हरेरै गरेको हेपाहा व्यवहार जस्ता कुराले देखाउँछ कि जुत्ताले हाम्रो मानव समाजमा एक किसिमको हैसियत निर्माण गर्दछ। त्यसैले जुत्तासँग मानवशास्त्रीय कनेक्सन पनि अजबको छ।



मिति ः २०७८/०५/ १४ ( कृष्ण जन्माष्टमी )

Popular posts from this blog

प्रयास :- केही आसको, केही साहस को त केही विश्वासको !!